सरावलमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई माेबाइल दिई सम्मान



 

उमेश बि.क / नवलपरासी , १९ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ मा १८ अाैँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा नवनिर्मित तिलकपुर स्वास्थ्यचौकी भवन र बाल भवन आज एक कार्यक्रम बिच उद्घाटन भएको छ । 

सरावल गाउँपालिकाकाे अायाेजनामा "स्वास्थ्य जिवनशैली हाम्रो अावश्यकता" संकट न्युनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका " मुल नाराकाे साथ वडा नम्बर १ का वडा अध्यक्ष एवं स्वास्थ्यचाैकी ब्यवस्थापन समिति अध्यक्ष भेष नरायण चाैधरीकाे अध्यक्षता तथा पुर्वगृहराज्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा नवनिर्मित स्वास्थ्यचाैकी र बाल भवन उद्घाटन भएको हाे।

सिलालेख अनावरण तथा रिबन काटेर भवनको उद्घाटन गर्दै सांसद कण्डेलले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य रहेको भन्दै प्रशंसा ब्यक्त गर्नुभएको थियाे। प्रभावकारी स्वास्थ्य सेवाले मानव जीवन गुणस्तरीय बनाउन्छ त्यसले आर्थिक र सामाजिक विकासलाई टेवा पुर्‍याइ देशलाई समृद्धि तर्फ लैजान्छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यप्रवर्दनमा र स्वास्थ्य सेवाको उपभोग वृद्घि गर्न आ आफ्नो क्षेत्रमा क्रियाशिल छन् । उँहाहरुको भूमिकाबाट स्वास्थ्य क्षेत्रले समग्र नेपाललाई समृद्धि तर्फ अघि वढाउने कार्यमा योगदान पुगेको छ । सर्वसाधारण जनताका लागि नवनिर्मित सुविधासम्पन्न तिलकपुर स्वास्थ्यचाैकीले थप टेवा पुर्याउने बताउनु भयाे । स्वास्थ्य मानव जिवनकाे सबैभन्दा ठुलाे धन भएको हुनाले याे स्वास्थ्यचाैकीले स्थानीय जनतामा उपचारका लागि सहजता हुने बताउनु भयाे । समग्र नवलपरासी विकासको लागि केन्द्रबाट पहल गरिरहेकाे र सांसद विकास काेषबाट विभिन्न ठाेस कामहरु भएको बताउदै सरावलका जनप्रतिनिधि , स्वास्थ्यकर्मी तथा  स्वयंसेवीकाहरुकाे प्रशंसा गर्दै अाफुबाट चाहिने सहयोग र साथकाे लागि अाफु हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले सर्वसाधारण जनताका लागि गाउँमै संचालन भएको सुविधा सम्पन्न तिलकपुर स्वास्थ्यचाैकी भवन र बाल भवनले धेरैको जीवनमा सहयोग पुग्ने बताउनुभएको हाे। गाउँपालिकाबाट स्वयंसेवीकाहरुलाई दिदै आएको रकम तथा सेवासुविधा बढाउने घोषणा गर्नुभएको हाे। अध्यक्ष चाैधरीले महिला स्वयमसेविकाहरुलाई उच्च मनोबलका साथ समुदायमा काम गर्न आग्रह गर्दै स्वास्थ्यसेवालाई अझै प्रभाबकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभएको हाे। स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न अवकाशपछि रु एक लाख उपदान दिने बताउदै जनताकाे हरेक समस्या समाधान गर्न अाफु लागि परेको बताउनुभयो । सरावल पालिकाले निशुल्क अाखाँ अप्रेसन ,निशुल्क रगत , क्रिया खर्च बापत ५ हजार , किसानलाई अनुदानमा कृषि सामाग्री सहयोग लगाएतकाे उदाहरणीय काम गरिरहेकाे बताउनुभयाे । समग्र सरावलका जनताकाे लागि सन्तुलित बिकास बाटाेघाटाे ,शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन , खेलकुद ,खानेपानी लगाएतकाे काम द्रुत गतिमा विकास भइरहेको कुरामा जाेड दिनुभएको थियाे । साथै सरावल गाउँपालिकाकाे विकासमा अाफु लागि परेकाे बताउनु भयाे।

सरावल गाउँपालिका अन्तर्गत ५५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत छन् । उहाँहरुले समुदायस्तरमा सुरक्षित मातृत्व, भिटामीन ए, नवजात शिशु, आमाको रक्तश्राव रोक्न मातृ सुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधनहरु, गर्भवति महिला र सुत्केरी पश्चात आइरन चक्कि, झाडपखाला लागेका बच्चाहरुलाई जीवनजल तथा जिंक चक्की, तथा जुकाको औषधीको बितरण लगायत जनचेतना जगाउने कामहरु गदै आएका छन् ।

साे ५५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई पालिकाबाट माेबाइल दिइ सम्मान गरिएको हाे। साथै वडा नम्बर १ का ७ जना स्वयंसेविकाहरूलाई वडा नम्बर १ बाट साइकल ब्याग प्रदान गरिएको हाे।

तिलकपुर स्वास्थ्यचाैकी भवन २ कराेड ५० लाख ३९ हजार ६ सय ९ रुपैयाँ लागतमा निर्माण भएको हाे । साथै बाल भवन २९ लाख २५ हजारमा निर्माण भएको प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभएको हाे।

कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सल्लाहकार माेहन प्रसाद शर्मा ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल ,समाजसेवी राधेश्याम चाैधरी , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका संयाेजक सीता शर्मा , पुर्व सचिव लेखनाथ देवकोटा लगाएतले स्वास्थ्यकर्मीहरुकाे कामकाे प्रशंसा गर्दै सम्मान ब्यक्त गर्नुभएको थियाे।


सरावल स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटाले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सन्चालन खेम खनालले गर्नुभएको थियोे ।


२०७८-मंसिर-१९ गते प्रकाशित

लोकप्रिय

पुनर्नवा अर्थात ओंले साग किडनीको रोगीका लागि रामबाण ?

-दीपशिखा शर्मा  urinary  tract  infection अर्थात kidney को गम्भीर बिमारीलाई ठिक गर्न पुनर्नवा नामक वनस्पति अति उत्तम मानिएको छ । पुनर्नवाको बनस्पतिय नाम BOERHAHAVIA DIFFUSSA हो । अंग्रेज़ीमा

विशेष अपडेट


भिडियो