थापालाई लिङ्देनको जवाफ : राजावादी पार्टीमा राजाको हस्तक्षेप नभएर ओलीको हुन्छ त ?



 

unn.prixa.netकाठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी पार्टीमा राजाको हस्तक्षेप हुनु सकारात्मक भन्दै निवर्तमान अध्यक्ष कमल थापालाई जवाफ दिनु भएको छ ।

आइतवार बिहान चुनावको मत परिणाम आएसँगै थापाले सामाजिक सञ्जालमार्फत पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै टिप्पणी गर्नु भएको थियो । उहाँले  सिङ्गो देश गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको पनि गुनासो गर्नु भएको  थियो ।

यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै थापालाई नवनिर्वाचित अध्यक्ष लिङ्देनले लेख्नु भएको छ : ‘राजावादी पार्टीमा राजाको सकारात्मक हस्तक्षेप नभएर खड्ग ओलीको हस्तक्षेप मान्य हुन्छ त कमल थापा जी ?’ 
चुनावमा थापा लिङ्देनसँग दुई सय मतले पराजित हुनु भएको थियो ।

 


२०७८-मंसिर-१९ गते प्रकाशित

लोकप्रिय

पुनर्नवा अर्थात ओंले साग किडनीको रोगीका लागि रामबाण ?

-दीपशिखा शर्मा  urinary  tract  infection अर्थात kidney को गम्भीर बिमारीलाई ठिक गर्न पुनर्नवा नामक वनस्पति अति उत्तम मानिएको छ । पुनर्नवाको बनस्पतिय नाम BOERHAHAVIA DIFFUSSA हो । अंग्रेज़ीमा

विशेष अपडेट


भिडियो