यु.एम.एन. र सुनवल सामुदायिक बिकास केन्द्रद्वारा शंकरपुरमा २०६ घर परिवारलाई राहत बितरण




उमेश बि.क / नवलपरासी ,१५ भदौ 

पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ शंकरपुरमा बाढीबाट बिस्थापित घर परिवारलाई राहत बितरण गरिएको छ ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा अबिरल बर्षाकाे कारण पाल्हिनन्दन गाउँपालिका वडा नं. १ शंकरपुरका डुबानमा परी खेतबारी नष्ट भएको र बिस्थापित अति बिपन्न २०६ जना घर परिवारलाई राहत प्रदान गरिएको हाे ।

बिस्थापित अति बिपन्न परिवारलाई २५ किलो चामल ,३ किलाे दाल , २ लिटर खानेतेल , २ प्याकेट अायाेडिन नुन  , १ थान त्रिपाल,चिनि २ किलाे,२ किलाे चना,१ प्याकेट बेसार ,मसला १ प्याकेट,अालु ५ किलो ,पियाज ५ किलो ,डिटाेल साबुन २ वटा,कपडा धुने साबुन २ वटा र स्वाबिन ४ प्याकेट प्रती घर परिवारलाई दैनिक उपभोग्य सामाग्री प्रदान गरिएको सुनवल सामुदायिक बिकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिनुभएको हाे। कोरोना संक्रमणसंगै अाएकाे बाढीले दैनिक मजदुरी गरेर खाने वर्ग प्रभावित हुने भएकाले उनीहरुको दुखमा तत्काल सहयोगका लागि राहत उपलब्ध गराइएको अध्यक्ष थापाले बताउनु भएको हाे।

राहत हस्तान्तरण गर्दै युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरकाे टिम लिडर सब्बु तमाङले विस्थापित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिएको बताउनुभयो । उहाँले जनताको दुःखसुखमा साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गर्नुभएको हाे।

विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले बाढी प्रभाबित अति बिपन्न परिवारलाई तत्कालै पहिलो चरणको राहत बितरण गरिएको बताउनु भएको हाे । कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै बाढी प्रभाबितलाई युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा राहत प्रदान गरेको बताउदै विपदकाे समयमा गरेको मानविय कामकाे प्रशंसा समेत गर्नुभएको हाे।

त्यस्तै उपाध्यक्ष पबित्रा काेहारले पाल्हिनन्दन गाउँपालिका कृषि क्षेत्र भएको पालिका रहेता पनि बाढीले हजारौं बिगहा क्षेत्रफल भित्रकाे धानबाली नष्ट भइरहेको छ। साे क्षेत्र हेर्दा मन पाेलि रहेको बताउदै राहत धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने बताउदै युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रले बाढी प्रभावित क्षेत्रमा यस्तो विषम परिस्थितिमा राहत बितरण कार्यकाे प्रशांसा ब्यक्त गर्दै धन्यवाद दिनुभएको हाे । 

राहत बितरणमा वडा नम्बर १ का वडा अध्यक्ष ललग्न प्रसाद यादव, कार्यपालिका सदस्य राज कुमारी काेहार,सुनवल सामुदायिक विकास केन्द्र सचिव ठाकुर प्रसाद खनाल,युनाइटेड मिसन टु नेपालको रिकाेभ परियाेजना अधिकृत ज्याेति सेढांई,लैंगिक समानता परियोजना संयाेजक राधा सापकोटा ,रिकाेभ परियोजना संयाेजक सबिना रेग्मी लगाएत पत्रकार ,सुरक्षाकर्मीहरुकाे सहभागीतामा राहत बितरण गरिएको हाे ।

स्थानीयले राहत सामग्री पाएपछि खुसि ब्यक्त गर्दै पाएकाे राहतबाट केही दिन छाँक टार्न सहज भएको भन्दै खुशी ब्यक्त गरेका हुन ।


२०७८-भदौ-१५ गते प्रकाशित

लोकप्रिय

पृथ्वी चन्द्र अस्पताल परासीमा चरम लापरवाही

उमेश बि.क/ नवलपरासी , २९ असार  पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा चरम लापरवाही रहेको छ। काेभिड बिरामी भइ साे अस्पतालमा भर्ना हुदा विरामीलाई

ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व  ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक

भारतमा एक नेपालीको हत्या , सांसद कण्डेलकाे पहलमा मुद्दा दर्ता

भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको

विशेष अपडेट


भिडियो