समाज सेवी नारायण कंडेलले आईसीसी सदस्य पदका लागि मत माग्दै !



No description available.

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचन (२०२१-०२३) का लागि आईसीसी सदस्य पदका लागि नारायण कंडेलले उमेद्वारी दर्ता गराएका छन् । लामो समयदेखी अमेरिकामा रहेर समाजिक कार्यमा क्रियाशिल कणेलले नयाँ कार्यसमिती निर्वाचनमा आईसीसी सदस्य पदका लागि उमेद्वारी दर्ता गरेका हुन् । एनआरएनए अमेरिकाका पछिल्ला निर्वाचनमा समेत उमेद्वारीका कारण चर्चामा रहदैं आएका कंडेललाई यस निर्वाचनमा पनि कुनै न कुनै पदमा देख्न सकिने आँकलन धेरैको थियो । टेक्सासमा रहेर नेपाली समुदाय र मातृभूमिको समस्यामा संधै सक्रिय भूमिकामा देखिंदै आएका उनले आफ्नो उमेद्वारीबारे वक्तब्य जारी गरेका छन् । जसमा उल्लेख भए अनुसार कणेलले नयाँ कार्यसमिती निर्वाचनमा एनआरएनका अग्रज अभियान्ताहरू, सहकर्मी,सहपाठी, सहयात्री र आफन्तजनको सल्लाहा, सुझाव, र समर्थनको कदर गर्दै यस निर्वाचनमा अमेरिकाबाट प्रतिनिधिीत्व गर्दै आईसीसी सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रने भएका हुन् । उम्मेदवार कंडेलले भनेका छन् 'मेरो विजयको आधार भनेको तपाईहरूले देखाउनु भएको साहानुभुति,मेरो ईमान्दारीता लगनसिलता र सानै उमेर देखि सामाजिक कार्यमा कार्यकुशलता नै हो। म सामूहिक निर्णय र व्यक्तिगत जीम्मेवारीमा विश्वास गर्दछु।' एकता, सहमति, सहकार्य र उच्च नैतिकता प्रमुख लक्ष्य बनाएर आईसीसी सदस्य पदको उमेद्वारी सार्वजनिक गरेका नारायण कंडेलले एनआरएनलाई हाम्रो भन्दा पनि राम्रो र सबै प्रवासिहरूको साझा एनआरएन बनाउने कार्यमा आफु विजय,पराजय जे भए पनि आफ्नो क्षमताले भ्याए सम्म अभियानमा आवद्ध रहेर काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन्


२०७८-बैशाख-१२ गते प्रकाशित

लोकप्रिय

थापालाई लिङ्देनको जवाफ : राजावादी पार्टीमा राजाको हस्तक्षेप नभएर ओलीको हुन्छ त ?

  काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी पार्टीमा राजाको हस्तक्षेप हुनु सकारात्मक भन्दै निवर्तमान अध्यक्ष कमल थापालाई

मानव वेचविखन तथा घरेलु हिंसा नियन्त्रण सम्बंधि जनचेतना मुलक कार्यक्रम कृष्णनगरमा सम्पन्न

कृष्णनगर, कपिलवस्तु मंसिर २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा  नं ३ मा रहेको श्री महेंद्र माध्यमिक विद्यालयमा मानव वेचविखन तथा घरेलु हिंसा नियन्त्रण सम्बंधि जनचेतना मुलक

सरावलमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई माेबाइल दिई सम्मान

  उमेश बि.क / नवलपरासी , १९ मंसिर पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ मा १८ अाैँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा नवनिर्मित तिलकपुर स्वास्थ्यचौकी भवन र बाल

विशेष अपडेट


भिडियो