रामग्राममा आईसुलेसन सेन्टर– वडा वडामा क्यारेन्टाईन बिस्तार



 

नवलपरासी , १२ बैशाख ÷ पश्चिम नवलपरासीको रामग्राम नगरपालीका क्षेत्र भित्र एक सय शैयाको आईसुलेसन सेन्टरको स्थापना हुने भएको छ । सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय अनुसार रामग्राम नगरपालीकाले रामग्राम –४ जितपुर स्थित पाल्ही बहुमुखी क्याम्पसको नवनिर्मित भवनमा आईसुलेसन सेन्टर स्थापना गर्न लागेको हो ।

उक्त आईसुलेसन सेन्टरलाई रामग्राम , पाल्हीनन्दन र सरावल गाउंपालिकाका कोरोना संक्रमीतलाई थप उपचारको लागी प्रयोग गरिने छ । जिल्लामा फेला पर्ने कोरोना संक्रमणका बिरामीलाई उपचारमा सघाय पु¥याउने उदेश्यले आईसुलेसन सेन्टरको स्थापना गर्न लागीएको रामग्राम नगरपालीकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।
यसैगरी रामग्राम नगरपालीकाले नगरक्षेत्र भित्र रहेका क्यारेन्टाईनहरुको संख्यालाई समेत बिस्तार गर्दै गरेको छ । जसअनुसार रामग्राम –५ , आर्दश मावीमा नगरस्तरिय र बिभिन्न वडाहरुमा वडा स्तरिय क्यारेन्टाईनहरु रहेका छन् । सबैजसो वडामा आवश्यक आर्थिक खर्च व्यवस्थापन सहित क्यारेन्टाईनहरु स्थापना भईसकेको नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

जसअनुसार रामग्राम –७ उत्तम बालहीत माबी उजौनी , रामग्राम – ८ आधारभुत बिद्यालय लोहसणा , रामग्राम –९ आधाभुत बिद्यालय जोकवार , रामग्राम –१० जनता मा.वी. लक्ष्मीपुर , रामग्राम – ११ र १२ को संयुक्त सरस्वती मावी शान्ती चौर , रामग्राम –१३ स्थितमा प्राबी कुनवार , रामग्राम १४ मा जनता मावी डैनहवा , रामग्राम १५ र १६ को जनता मावी सुक्रौली , रामग्राम १७ बन्जरिया स्थित सहीद जगदिश पासवान बिद्यालय र रामग्राम १८ मा राष्ट्रिय मावी पण्डीतपुरमा क्यारेन्टाईन स्थापना भएका छन् । आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गर्ने गरी तयारी गरिएको नगर प्रमुख गुप्ताको भनाई छ ।


२०७७-जेठ-१२ गते प्रकाशित

लोकप्रिय

विशेष अपडेट


भिडियो