नवलपरासी ÷ पश्चिम नवलपरासीको बेलाटारीस्थित त्रिभुवन क्याम्पसका प्रमुख मनोजधर दुवे सेल्फ क्वारेन्टाइनमा रहेको क्याम्पसले स्पष्ट पारेको छ । क्याम्पसले जारी गरेको बिज्ञप्तीमा स्थानिय तहको परामर्शमा आधारमा क्याम्पस परिसरमा रहेको आर्को भवनको कोठामा दुबे सेल्फ क्वारेन्टाइनमा बसेको उल्लेख गरिएको छ ।
दुबे तिन दिन अघि नेपाल प्रबेश गरेर स्थानिय तहको सम्पर्कमा आई गाउंपालीकाले क्यारेन्टाईनमा स्थापना रेकर्डमा एक सय ११ नम्बरका दर्ता गराई क्याम्पस परिसरमै सेल्फ क्यारेन्टाईनमा बस्दै आएको जनाईएको छ ।
क्याम्पस संचालन समितीका अध्यक्ष नितेश गुप्त जारी द्धारा बिज्ञप्तीमा दुबे लकडाउन अगाबै आफ्नो घर भारत भएकोमा हाल क्याम्पस प्रशासनको महत्वपुर्ण कामका कारणले पुन नेपाल आएको उल्लेख छ ।
दुबे हाल क्याम्पस परिसरमा रहेको प्रशासनको भवन मध्येको एउटा कोठमा गाउंपालीकाको परामर्शका आधारमा सेल्फ क्यारेन्टाईनमा बसेको जनाईएको छ । यता यस बारे गाउंपालीकाका प्रमुख राजकुमार शर्माले दुबे स्थानिय तहको परामर्शका आधारमा सेल्फ क्यारेन्टाईनमा बस्नुभएको प्रतिकृया दिनुभयो ।