सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने पहिलो रिपोर्ट भने पोजेटिभ नदेखिएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये दुई जना (छोरा र आमा) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (बुहारी) को भने नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ‘ए’ बिल्डिङमा बस्दै आएका थिए ।

र्‍यापिड टेष्टमा  उनीहरुको रिपोर्ट पोजेटिभ  आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन ।


२०७७-बैशाख-३ गते प्रकाशित

लोकप्रिय

पुनर्नवा अर्थात ओंले साग किडनीको रोगीका लागि रामबाण ?

-दीपशिखा शर्मा  urinary  tract  infection अर्थात kidney को गम्भीर बिमारीलाई ठिक गर्न पुनर्नवा नामक वनस्पति अति उत्तम मानिएको छ । पुनर्नवाको बनस्पतिय नाम BOERHAHAVIA DIFFUSSA हो । अंग्रेज़ीमा

विशेष अपडेट


भिडियो